सर्लाहीको गोडैतामा आगलागीले गाई र पारी जलेर घाईते हुनुका साथै गोठ जलेर ६५ हजार बराबरको क्षति भएकोे छ ।
गोडैता नगरपालिका,७ बस्ने गंगाराम मुखियाको खरको छाना भएको घरमा आज बिहान ३ बजे आगलागी भएको हो ।
गाई गोठघरमा बालेको आगो सल्केर आगोले घरभित्र रहेको गाई १वटा ७० प्रतिशत भाग जलेको ,पारी १वटा ३० प्रतिशत भाग जलेको, गोठ र शौचालय जलेर ५५ हजारको क्षति भएको छ भने परालको भुष जलेर १०हजार गरी अन्दाजी ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।