सरुवा भएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको बिदाई गरिएको छ ।सर्लाहीबाट झापा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएपछि अधिकारीको आज बिदाई गरिएको हो । प्रजिअ अधिकारी सरकारी कार्यालय प्रमुख कर्मचारीहरुलाई आवाज बिहिनहरुको आवाज बनेर काम गर्न निर्देशन दिदै सेवाग्राहीलाई सहजहुने गरी काम गरेकोमा कर्मचारीहरुलाई लागि धन्यवाद ज्ञापन गरे । अधिकारीले ७ महिनाअघि सर्लाही प्रजिअकाे जिम्मेवारी सम्हालेका थिए । सर्लाहीकाे प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयका सहसचिब तुलसी प्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएकाे छ ।