आम सञ्चार प्राधिकरणको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा साइबर सुरक्षा एआई सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा मधेश सरकारका गृहसञ्चार तथा कानुन मंत्री राज कुमार लेखीको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रममा श्रम तथा यातायात मंत्री कौशल किशोर राय,मधेश प्रदेश सांसद जंगीलाल राय,पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर लगायत जिल्लाका बरिष्ठ पत्रकारहरुको उपस्थितीमा रहेको थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रका बिशेषज्ञ जीवन भण्डारी, संतोष कुमार चौधरी र प्रकाश मैनालीले साइबर सुरक्षा एआईको क्षेत्रमा भएको नयाँ विकास र एआईले पत्रकारितामा पारेको प्रभावबारे प्रशिक्षण दिएका थिए ।


आम सञ्चार प्राधिकरणले म्।धेश प्रदेशको सप्तरीबाट सुरु भएको कार्यक्रम सर्लाहीमा सम्पन्न गरेको जनाएको छ । आम सञ्चार प्राधिकरणका अध्यक्ष यादवले आम सञ्चार प्राधिकरणले गर्दे आएको कामको बारेमा प्रस्तुतिकरण गर्नुभयो । अगामी दिनमा मधेश प्रदेशभरीका पत्रकारहरुलाई बिमा सहित पत्रकारहरुलाई परिचय पत्र प्रदान गर्ने योजना रहेको अध्यक्ष यादवले बताउनुभयो ।
बिहिबार सुजाता होटेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे गृहसञ्चार तथा कानुन मंत्री लेखीले राजनितिक बिषयलाई मात्र समाचार बनाउनपर्छ भन्ने मान्यता त्यगन पत्रकारहरु संग आग्रह गनुभयो । साथै उहाँले देशभरका पत्रकारिताक्षेत्रमा कपीपेष्ट गर्ने प्रवृति बढेको बताउनुभयो ।


देशमा जबजब परिर्वतनमा पत्रकारहरुको योग्दान रहेको यातायात तथा श्रम मंत्री कौशल रायले बताउनुभएको छ । पत्रकारहरुले साइबर सुरक्षा एआई प्रशिक्षणले तथ्य सत्य समाचार प्रकाशन प्रसारण गर्नुपर्ने कुराहरु सिक्ने,बुझ्ने जिम्मेवार भएर काम गरिरहेको बिश्वास व्यतm गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश सांसद जंगीलाल राय,पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरले मन्तव्य राखेका थिए ।