आजको घाम लागेपछि केहि राहत भएको छ । घाम लागेपछि सबैलाई धेरै नै राहत पुगेको, बालबालिकाहरू फिल्ड्मा खेले, वृद्धवृद्धाहरू र बिरामीलाई आजको घामले थप सहयोग भएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।लगातारको चिसोले लगाउँदै आएको कपडा फोहोर भएपछि प्रायःघरको छतमा कपडा सुकाउने गरिएको दृश्य देखिएको उहाँले भन्नुभयो ।

यसैगरी नजिक्दै गरेको मकर संक्रान्तिमा प्रयोग हुने तिल भिजाएर सुकाउ आज सहज भएको मलंगवाका स्थानिय आरती साहले बताईन्।

 

चिसोबाट ग्रसित भएकालाई आजको घाम धैरै नै फाईदा गरेको चिकित्सकहरुको भनाई छ ।

मौसम विभागका अनुसार अझै केही दिन बिहान, बेलुका र रातको समयमा चिसो धेरै हुने हुँदा बालबालिका र वृद्धवृद्धालाई चिसोबाट जोगाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

आजको तापक्रम अन्य दिनको तुलनामा सबै भन्दा बढी देखिएको छ ।शुक्रवार बिहानैदेखि मौसम सफा रहेको तथा वायुको प्रभाव पनि नरहेको बुभिएको छ ।