बसले किचेर मृत्यु भएका सशस्त्र प्रहरी निरिक्षक वीजय तुलाधरकाे सम्झनामा निर्मित स्मृति बाटिकाकाे उद्घाटन गरिएकाे छ । तेह्राैं दिनकाे पुण्यतिथीका अवसरमा आइतबार बिहान सशस्त्र प्रहरी बल नेपालकाे बाेर्डर आउट पाेष्ट छताैनामा निर्मित स्मृति बाटिकाकाे उद्घाटन गरिएकाे सशस्त्र प्रहरी उपरिक्षक विनाेद राज खनालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहा र रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज खनाल, प्रस्तावित सिमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति सप्रनाउ निरन थापा, प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका निमित गुल्मपति सशस्त्र प्रहरी निरिक्षक होम नाथ नेपाल, वडा अध्यक्षहरु लगायतकाे आतिथ्यता रहेकाे सशस्त्र प्रहरीले जनाएकाे छ । उपस्थित सम्पूर्णले स्व. तुलाधरकाे तस्बिरमा माल्याणपर्ण समेत गरेका थिए ।

सप्रनि तुलाधरकाे पुस १६ गते राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छताैना अगाडि बसले किचेर मृत्यु भएकाे थियाे ।