सर्लाहीको मलङ्गवा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका ४९० जना अतिविपन्न बालबालिकालाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। चेतना संस्थाको आयोजना तथा कतार च्यारिटीको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

चेतना संस्थाका अध्यक्ष शिवशंकर जायसवालको अध्यक्षता तथा मलङ्गवा नगरपालिकाका नगर प्रमुख नगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय अध्ययनरत अतिविपन्न बालबालिकालाई झोला सहित आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा चेतना संस्थाका सल्लाहकार तथा मलङ्गवा नगरपालिका वडा नं. ८ का अध्यक्ष मुकेश कुमार जायसवाल लगायत विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले यस्ता सहयोगले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक पहुँच र निरन्तरतामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कतार च्यारिटीले नेपालमा शिक्षा क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।