सर्लाहीमा बिभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय योग दिवस२०८१ मनाईएको छ । समृद्व नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ सदरमुकाम मलंगवामा प्रभातफेरी लगायत बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख एवम पतंजली योग समितिका सर्लाही अध्यक्ष कौशल किशोर सिहंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
दिवसका अवसरमा मंगलवार बिहान मलंगवा स्थित बिभिन्न स्थानमा नगरपरिक्रमा गर्नुको साथै योग अभ्यास कक्षा संचालन गरि योग दिवस मनाइएको जनाएको छ ।
कार्यक्रममा जिल्लाका कार्यालय प्रमुख,नागरिक समाज,पत्रकार लगायत पतंजली योग समिति सर्लाहीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
पतंजली योग समितिद्वारा सर्लाहीमा माघ ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी मनाउने निर्णय गरिएको पतंजली योग समिति सर्लाहीले जनाएको छ ।