जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बिहीबार विष्णु गाउँपालिका–१, मा चिसो प्रभावित ६१ परिवारलाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको छ ।बढ्दो चिसोबाट प्रभावित बनेका अतिविपन्न तथा दलित परिवार छनौट गरी ६१ घरधुरीलाई एक/एक थान फाइबर सिरक वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठ आफै सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका पुगेर चिसोले कठ्यांग्रिएका परिवारलाई फाइबर सिरक वितरण गरेका छन् ।कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहलगायत भएर चिसोले प्रभावित भएका परिवारलाई सिरक वितरण गरेका छन् ।