हुलाकी सडक अन्तर्गत सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मलङ्गवाबाट गोडैतातर्फ जाँदै गरेको बीआर ०५ एच ५७४८ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एए ४७०२ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा गोडैता नगरपालिका–९, बस्ने ४५ वर्षीय देवनारायण पण्डितको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार पण्डितलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पुु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक गोडैता नगरपालिका–५, बस्ने ५० वर्षीय रामानन्द महतो सामान्य घाइते हुनुुभएको छ ।

उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ । स्कारपियो र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।