सर्लाही भन्सार कार्यालयले ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरेको छ। माघ ११ र १२ गते विविध गतिविधिहरू मार्फत यो दिवस मनाइने भएको हो।
भन्सार कार्यालयले आयोजना गर्ने कार्यक्रममा कर्मचारी स्तरीय खेलकुद प्रतियोगितादेखि खुला बोड र टेबल टेनिस प्रतियोगितासम्मका कार्यक्रम समावेश गरिएका छन्। कार्यक्रममा भन्सार क्षेत्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि र आपसी सम्बन्धलाई सुदृढ पार्ने उद्देश्य राखिएको  सर्लाही भन्सार कार्यालय अधिकृत धर्मेन्द्र महतोले जानकारी दिनुभयो ।
 माघ ११, बिहान ८:३० बजे कभर्ड हलमा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता,माघ १२ बिहान १०:०० बजे राज श्री हल देखि दशगजासिमा सम्म  खुल्ला पुरुष दौड प्रतियोगिता, माघ १२, बिहान १०:३० बजे खुला महिला बोड प्रतियोगिता, माघ १२, दिउँसो १२:०० बजे घैटोफोर प्रतियोगिता भन्सार कार्यालय प्रांगण, माघ १२,  विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता  भन्सार कार्यालय प्रांगण र १३ गते दिउँसो २ बजे मूल समारोह तथा पुरस्कार वितरण  कार्यक्रम तालिका रहेको सर्लाही भन्सार कार्यालय मलंगवाले जनाएको छ ।
भन्सार दिवस मनाउने मुख्य उद्देश्य भन्सार क्षेत्रमा कार्यरत कर्मचारीहरूको पेशागत दक्षता वृद्धि गर्नुका साथै राजस्व संकलनमा योगदान पुर्‍याउने भूमिकाको पहिचान गराउनु हो। यस वर्षको दिवसले भन्सारको प्रभावकारीता र कार्य सम्पादनलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।