सर्लाही सदरमुकाम मलंगवा-८मा रहेको कुसुम पार्टी प्यालेसमा स्विमिङ पूल निर्माणका लागि शिलान्यास कार्यक्रम शुक्रवार बिहान सम्पन्न भएको छ। पार्टी प्यालेसका सञ्चालक सन्तोष जायसवालका अनुसार यो स्विमिङ पूल निर्माणले क्षेत्रीय स्तरमा उत्कृष्ट सुविधासहितको मनोरञ्जन स्थलको विकास गर्ने लक्ष्य राखेको छ।

शिलान्यास कार्यक्रममा नागेन्द्र प्रसाद चौधरी सहित परिवारका सदस्य तथा व्यवसायीहरूको उपस्थिति थियो। पूजापाठ र धार्मिक विधिबाट शिलान्यास गरिएको हो । जायसवालले स्विमिङ पूल निर्माणले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै स्थानिय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यो स्विमिङ पूल आधुनिक प्रविधि तथा सुविधा सम्पन्न बनाइने जानकारी दिइएको छ। साथै, यसको निर्माणले स्थानीय रोजगारी सिर्जना गर्ने र कुसुम पार्टी प्यालेसलाई थप आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ।

पार्टी प्यालेसले यसअघि पनि विविध सेवा सुविधामार्फत ग्राहकहरूको मन जित्दै आएको छ। स्विमिङ पूल निर्माणले त्यसलाई अझै मजबुत बनाउने विश्वास लिइएको छ।