ब्रहम्पुरी गाउँपालिकास्वस्थ्य शाखाकाे आयोजनामा एचपीभी खोप अभियान २०८१” अन्तर्गत स्थानीय तह खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार ब्रह्मपुरी गाउँपालिकाको सभा हलमा कार्यक्रमको उद्देश्य स्थानीय तहमा खोप अभियानलाई प्रभावकारी बनाउन समन्वय समितिहरू र सञ्चार क्षेत्रलाई आवश्यक जानकारी तथा अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख विवेक कुमार साहले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष रामपदार्थ साहको अध्यक्षता तथा प्रमुख प्रसासकिय अधिकृत उपेन्द्र राउतको प्रमुख आतिथ्यतामा खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

ब्रहम्पुरी गाउँपालिकाका वडाध्यक्ष,स्वास्थ्यकर्मी,महिला स्वयंसेिव सेविका,शिक्षक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा खोप अभियानको महत्त्व, प्रभावकारिता, लक्षित समूह तथा सफल कार्यान्वयनका रणनीतिहरूबारे छलफल गरिएको थियो।

ब्रहम्पुरी गाउँपालिकामा२६ सय भन्दाबढी १० बर्ष देखि १४ बर्ष उमेर समूहका किशोरी तथा कक्षा ६ देखि१० कक्षामा पढ्ने लक्षित किशोरीहरुलाई खोप प्रदान गरिने योजना रहेको स्वस्थ्य शाखा प्रमुख साहले जानकारी दिए ।

सर्लाहीमा यहीँ माघ २३ गते देखि २९ गतेसम्म पहिलो चरण र फाल्गुन १ देखी ७ गते सम्म दोस्रो चरणमा खोप अभियान सुरु हुदैछ ।