सर्लाहीको कविलासी नगरपालिका वडा नं। ७ स्थित सिरसियामा लोकनायक सल्हेश जयन्ती तथा मेला महोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ। पासवान कल्याण समाज सर्लाही र सल्हेस जयन्ती तथा मेला महोत्सव मूल समारोह समिति अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।


राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश संसद उपेन्द्र महतो,जनमत पार्टीका जिल्ला अध्यक्ष श्रीचन यादव,कबिलासी नगरपालिका मेयर प्रत्याशी दिगेशवर नायक,दलित अगुवा राजेश पासवान लगायत अतिथिहरुको सहभागी थिए ।
बैतशाख १ गते सोमबारदेखि ४ गते विहिबारसम्म आयोजित उक्त महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विचार विमर्श, परम्परागत नृत्य तथा स्थानीय उत्पादनहरूको प्रदर्शनीसमेत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागिताका लागि स्थानीय बासिन्दा मात्र नभई छिमेकी रास्ट्र भारतबाट समेत अतिथिहरु सहभागी थिए । पहिलो दिन सोमबार कलश यात्रा गरिएको स्थानीय नेता महेश पासवानले जानकारी दिए ।