सर्लाहीको पर्सा गाउँपालिका–५ अन्तर्गत जिङडवा गाउँस्थित जोश सोना इँटा भट्टाको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको डुबेर मृत्यु भएको छ।

मृतक बालकको नाम सुवजजित कुमार मझी हो। उनी भारतको बिहार राज्य अन्तर्गत गया जिल्लाको दिउरी गाउँका शिवम मझीका छोरा हुन्। उनीहरूसहित करिब १५–२० जना कामदार इँटा भट्टामा काम गर्दे बसोबास गर्दे आएका छन्।

परिवारका अनुसार बालक तीन दिनदेखि हराइरहेका थिए। शनिबार बिहान भट्टाभित्र रहेको खाल्डोमा जमेको पानीमा उनको शव फेला परेको हो। शव देखेपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। बालकको शवलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।