मधेश प्रदेशसभा सदस्य उपेन्द्र महतोले कबिलासी नगरपालिका–७, सिर्सियामा निर्माण हुन लागेको  सामुदायिक भवनको सोमबार बिहान धार्मिक विधिअनुसार पूजापाठ गरी सिल्यान्यास गरेका छन्।
कबिलासी नगरपालिकाडा नं।,७ का वडाअध्यक्ष धर्मेन्द्र यादवले  दिएको जानकारी अनुसार, २५ लाख रुपैयाँको बजेट प्रदेशसभा सदस्य महतोले उपलब्ध गराएका हुन्। भवन निर्माण पश्चात गाउँमा सामाजिक तथा सार्वजनिक कार्यहरूका लागि सजिलो हुने अपेक्षा गरिएको छ।

सिल्यान्यास कार्यक्रममा कबिलासी नगरपालिकाको मेयर पदका उम्मेदवार दिगेश्वर नायक, नागेश्वर महतो,बिनय कर्ण, विभिन्न वडाका जनप्रतिनिधिहरू, समाजसेवीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।