सशस्त्र प्रहरी बल नेपालले सर्लाहीको सीमावर्ती गोडैता नगरपालिकामा आज अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

गोडैता नगरपालिका ६ मा महालक्ष्मी चिनी मिल नजिक भएर हुलाकी सडकबाट सीमातर्फ लैजाँदै गरिएको करिव एक सय लिटर घरेलु मदिरा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बहादुरपुरले बरामद गरी नष्ट गरेको हो । मदिरा बोकेर हिँडेका मानिस गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएका छन् ।

सीमापारी भारतको बिहारमा मदिरा निषेध रहेकाले सर्लाहीमा दशगजा क्षेत्रमा अवैध भट्टी पसल चलाएर घरेलु मदिरा बेचबेखन हुने गरेको छ ।