प्रहरीले हरिवन नगरपालिका–४, पटौनाबाट गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, बस्ने २१ वर्षीय सविन बल रहेका छन् । बलको साथबाट १५ केजी २०३ ग्राम लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।

सिन्धुलीबाट भित्री सडक हुँदै हरिवनतर्फ प्रदेश ३–०२–०१० प ८२९३ नम्वरको टु–ट्वान्टी पल्सरमा लागुुऔषध लिएर आउँदै गर्दा बललाई पक्राउ गरिएको प्रहरीले जनायो ।