लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार सर्लाहीकी सुस्मिता लाललाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले उनलाई मनोनयन गरिएको जानकारी दिँदै शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष वर्माले मनाेनयन पत्रमार्फत देश, मधेश, पत्रकारिता क्षेत्र तथा पार्टीको हितमा लालको कार्यकाल उल्लेखनीय हुने विश्वास व्यक्त गर्दै हार्दिक बधाई दिएका छन् ।

नवनियुक्त केन्द्रीय सदस्य सुस्मिता लाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । उनले विगत एक दशकदेखि स्थानीय तथा राष्ट्रिय मिडियामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । केन्द्रीय सदस्यको हैसियतले उनले प्रेस स्वतन्त्रता, पेशागत मर्यादा र पत्रकार हितका लागि थप प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।