मदन भण्डारी फाउन्डेसन सर्लाहीको प्रथम जिल्ला अधिवेशन  हरिवनमा  सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता फाउन्डेसन सर्लाहीका जिल्ला अध्यक्ष चुडामणी वाग्लेले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा फाउन्डेसन मधेश प्रदेश अध्यक्ष राज मोहम्मद राय उपस्थित हुनुहुन्थ्यो।

विशेष अतिथिहरूमा संविधान सभा सदस्य माननीय कमलादेवी महतो, हरिवन नगरपालिकाका संस्थापक मेयर तथा फाउन्डेसन मधेश प्रदेश उपाध्यक्ष गणेश प्रसाई, मधेश प्रदेशका निवर्तमान सांसद माननीय डिल्ली उप्रेति, नेकपा एमाले सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

अधिवेशनमा जनताको बहुदलिय जनवादको सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै, राष्ट्रिय एकता, समृद्धि र सामाजिक न्यायको मार्गमा अघि बढ्नका लागि फाउन्डेसनले आगामी दिनमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले “जनताको बहुदलिय जनवाद – राष्ट्र निर्माणको आधार” भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्ने धारणा राखेका थिए।

अधिवेशनमा फाउन्डेसनका पदाधिकारी, शुभचिन्तक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो