सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ स्थित चिरान टोलमा मंगलवार बिहान भएको आगलागीमा करिब रु २ लाख २४ हजार बराबरको क्षति भएको छ।

स्थानीय निवासी नईम खाँ पठानको भैसी गोठमा बिहान करिब ४ बजे घुरबाट अचानक आगलागी भएको हो। आगलागीका कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। गोठमा रहेका भैसीलाई खुवाउने दाना, भाडाकुँडा, भिस, टिक काठ लगायतका सामग्री जलेका छन्। साथै, गोठमा रहेका एक भैसी र एक पाडी जलेर घाइते भएका छन्।

स्थानीय बासिन्दाहरूको प्रयासमा आगो बिहान ५ बजे नियन्त्रणमा लिएको थियो।
प्रहरीले प्रारम्भिक अनुमानमा करिब रु २,२४,००० बराबरको क्षति भएको जनाएको छ।