राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेसनल प्याब्सन) को नयाँ सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम आज सर्लाहीको लालबन्दीमा भव्य रूपमा सम्पन्न भएको छ।

नेसनल प्याब्सन सर्लाहीको आयोजनामा सम्पन्न कार्यक्रम सर्लाही अध्यक्ष उदय बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य जसुदीप बहादुर कार्कीले शुभकामना मन्तव्य दिँदै नयाँ सदस्यहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले संघको उद्देश्य र भावी योजनाबारे समेत प्रकाश पार्नुभएको थियो।

नेसनल प्याब्सनको स्थापना वि.सं. २०५७ मा निजी तथा आवासीय विद्यालयहरूको हकहित र गुणस्तरीय शिक्षा प्रवर्द्धनको उद्देश्यले गरिएको हो।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, महासचिव प्रकाश चन्द्र खड्का, पूर्व केन्द्रीय सदस्य सुरेश महतो, तथा विभिन्न जिल्ला र स्थानीय तहका शिक्षासँग सम्बन्धित व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

आजको कार्यक्रममा १६ जना नयाँ सदस्यहरूले संघमा औपचारिक रूपमा प्रवेश गरेका छन्। आयोजकका अनुसार, सदस्यता लिनेहरूमा जिल्लाका विभिन्न निजी तथा आवासीय विद्यालयका सञ्चालकहरू रहेका छन्।