युनेस्कोको क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सर्लाही सदरमुकाम मलंगवाको मलंगवा पार्टी प्यालेसमा आयोजना गरिएको छ। युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालयद्वारा आयोजित कार्यक्रमको अध्यक्षता युनेस्कोका सह–महासचिव रामेश्वर प्रसाद यादवले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह सहभागी दुई दिने कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रमाशंकर कुशवाहा, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, आयोग सदस्यहरू कामलेश्वर सिन्हा र जितेन्द्र प्रसाद सिंह, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गत वर्ष बलरा नगरपालिकामा सम्पन्न विज्ञान प्रदर्शनीसम्बन्धी कार्यपत्र युनेस्कोका सह–महासचिव यादवले प्रस्तुत गर्नुभयो। त्यस्तै, आम सञ्चार समिति सदस्य जितेन्द्र सिंह र डा. कामलेश्वर सिन्हाले पनि आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि कौशल किशोर सिंहले युनेस्कोले जिल्लामा विज्ञान, शिक्षा र सञ्चारका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरू स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्न उपयोगी हुने धारणा राख्दै आगामी दिनमा युनेस्कोको पहल अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको क्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूले युनेस्कोका पदाधिकारी तथा बलरा नगरपालिकाका प्रमुखसँग कार्यक्रमको उद्देश्य, उपलब्धि र आगामी योजनाहरू सम्बन्धी जानकारी आदानप्रदान गरेका थिए।

सार्वजनिक सुनुवाई र प्रविधिकरण कार्यक्रमले विज्ञान र सञ्चारको माध्यमबाट स्थानीय तहमा नागरिक सहभागिता बढाउने, पारदर्शिता सुनिश्चित गर्ने तथा युवा तथा विद्यार्थीलाई वैज्ञानिक सोच र समावेशी संवादमा प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।