जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा सम्पन्न तीन दिने कार्यक्रम अन्तरगत बहुक्षेत्रीय पोषण कार्यक्रम, पालिका स्तरीय महिला, बालबालिका, जेष्ठ नागरिक तथा पशुपालन/कृषि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह प्रमुख स्रोत व्यक्ति तथा मार्गदर्शकको रुपमा सहभागी थिए। उनले पोषण, महिला सशक्तीकरण, कृषिमा नवप्रविधिको प्रयोग तथा पशुपालन मार्फत आम्दानी वृद्धि जस्ता विषयमा स्थानीय तहले योजनाबद्ध र समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समिति उपप्रमुख जितेन्द्र प्रसाद कुशवाहा, विभिन्न पालिकाका शाखा प्रमुखहरू, कर्मचारी, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तिम दिन कृषि तथा पशुपालन क्षेत्रमा चालु आर्थिक वर्षमा भएका कामहरूको समिक्षा गरिएको थियो। साथै पालिकास्तरमा देखिएका समस्या, समाधानका उपाय र भविष्यका कार्यदिशाबारे सुझावहरू संकलन गरिएकेा थियाे।

जिल्ला समन्वय समितिका सभाहलमा  तीन दिनसम्मको अन्तरक्रियाबाट प्राप्त सिफारिस र सुझावलाई आगामी नीति निर्माण र कार्यक्रम सञ्चालनमा मार्गदर्शकका रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ।