सर्लाहीको बरहथवा नगरपालिकामा आत्महत्या न्यूनीकरणसम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा करिब ४ सयभन्दा बढी विद्यार्थी सहभागी थिए। कार्यक्रममा आत्महत्याका कारण र न्यूनीकरण उपायबारे नाटकमार्फत सन्देश दिइयो।

नगर प्रमुख कल्पना कटुवाल र गृहमन्त्री राजकुमार लेखीले आत्महत्या न्यूनीकरणका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई गाउँ–शहरसम्म विस्तार गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, मिडिया काउन्सिल सदस्य बन्धना झा लगायतको उपस्थिति रहेको थियो।