सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टीले जन्ताको हस्ताक्षर अभियान सुरु गरेको छ । आज सर्लाहीको ईश्वरपुरमा रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जन्ताको हस्ताक्षर कार्यक्रम सुरु गरिएको छ ।

सर्लाहीमा जन्ताको हस्ताक्षर अभियान बरहथवा बाट असार १० गते देखि सुरु गरिएको थियो ।केन्द्रमा भने असार ७ गते बाट नै सुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सर्लाही सभापति सरोज बानियाँले जानकारी दिनुभयो ।

जन्ताको हस्ताक्षर अभियानमा सर्लाहीमा ५० हजार व्यक्तिको हस्ताक्षर लिने उदेश्य रहेको छ। सर्लाहीमा हालसम्ममा २० हजार भन्दा बढी नागरिकको हस्ताक्षर गरिसकेको सभापति बानियाँले जानकारी दिनुभयो ।

सरकारले गरेको ज्यादती, विकास निर्माण कार्य, न्यालयलाई राजनीति छाया बाट मुक्त गर्ने उदेश्यका साथ पनि यो अभियान सुरु गरेको सभापति बानियाँले बताउनुभयो ।

९० दिने अभियान भए पनि सर्लाहीमा एक महिनामा नै सकिने राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरपुर सभापति सुवर्ण राज घिमिरेले बताउनुभयो । सर्लाहीको बरहथवा, मलंगवा लगायतको ठाउमा यो अभियान सकिसकेको र बाकी रहेको पालिकामा हस्ताक्षर अभियान सुरु गरिएको ईश्वरपुर सभापति घिमिरेले जानकारी दिनुभयो ।