मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा सर्लाहीको मलंगवा स्थित प्रादेशिक अस्पतालमा पेल्भिक अङ्ग खसकिएको (POP) समस्याबाट पीडित महिलाहरूका लागि सञ्चालन गरिएको निःशुल्क शल्य चिकित्सा स्वास्थ्य शिविरसफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा ५५ जनाको परीक्षण, VIA परीक्षण, ३५ POP केसको स्क्रिनिङ, १९ जनामा रिङ्ग पेसेरी, १३ जनालाई PID औषधोपचार, २ जनामा थर्मोक्यागुलेसन गरिएको थियो। १७ जनालाई शल्यक्रियाका लागि छनोट गरिँदा १३ जनाको सफल शल्यक्रिया गरिएको हो।

शल्यक्रिया प्रक्रिया डा. सचिन यादवको नेतृत्वमा डा. रञ्जित कुमार साह, रिंकु साह, बिना यादव, बिन्दु यादव लगायतको टिमले सञ्चालन गरेका थिए।