सर्लाही कविलासी–८ सलेम्पुरमा किसानहरूले झिम खोलाको मुहान बाँधेर खेतमा पानी पुर्‍याएका छन्। वर्षा ढिलो भएकाले रोपाइँमा समस्या भएपछि माटो र बालुवाले अस्थायी बाँध निर्माण गरिएको हो।

स्थानीय अजोधी रायले भने, “खेत सिँचाइको लागि खोलाको पानी प्रयोग गरेका हौँ, नत्र रोपाइँ सकिने अवस्था थिएन।

किसानहरू अहिले धान रोपाइँको अन्तिम तयारीमा जुटेका छन्।