दोहा (कतार) — प्रवासी कुशवाहा कल्याण समाज, दोहा–कतारले आयोजना गरेको तेस्रो अधिवेशन तथा खाडी मुलुकमा पहिलो पटक आयोजना हुन लागेको कुशवाहा समुदायको लवकुश जयन्तीमा सहभागी हुन नेपालबाट मधेश प्रदेश निति आयोगका सदस्य राजकुमार महतो, जिल्ला समन्वय समिति सर्लाहीका उप–प्रमुख जितेन्द्र कुशवाहा र कुशवाहा समाजका पुन्यलाल महतो कतार पुगेका छन्।

जिल्ला समन्वय समिति सर्लाहीका उप–प्रमुख जितेन्द्र कुशवाहाका अनुसार कार्यक्रममा आतिथ्य ग्रहण गर्दै विभिन्न भेटघाट र अवलोकनमा सहभागी हुनेछन्।

स्थानीय समयअनुसार शुक्रबार साँझदेखि कतारस्थित लालीगुराँस रेस्टुरेन्टमा अधिवेशन सुरु हुनेछ। प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य प्रतिनिधिहरुलाई दोहा विमानस्थलमा समाजका अध्यक्ष कमलेश महतो, महासचिव मनोज कुमार महतो लगायतको टोलीले स्वागत गरेको छ।

नेपालबाट पुगेका अतिथिहरू करिब ६ दिनसम्म कतारमा रहने कार्यक्रम रहेको जनाइएको छ।