सर्लाहीको हरिपुर्वा नगरपालिकामा अज्ञात समूहले गोली हानी एक शिक्षकको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली प्रहारबाट हरिपुर्वा नगरपालिका–५ निवासी ३६ वर्षीय रामपुकार रायको घटनास्थलमै मृत्यु भएको हो।सर्लाही प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार गोली प्रहार गर्ने व्यक्ति भारतीय नागरिक हुन सक्ने आशङ्का छ। उनी भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भए र हाल प्रहरी नियन्त्रणमा रही लालबन्दीमा उपचार भइरहेको छ।

उनको साथबाट हतियार बरामद भएको छैन ।  घटन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी  छ ।