सर्लाहीको मलंगवामा खानेपानी समस्या समाधानका लागि जडान गरिएका समरसियल अहिले समस्या बनेका छन्। दिउँसो विद्यार्थीलाई केही राहत भए पनि बाँकी समयमा पानी जथाभावी बग्ने गरेको स्थानीयवासीले बताएका छन्।

बन्द गर्ने सुविधा नभएकाले मूल्यवान खानेपानी खेर जाँदा वरपरको जमिन हिलाम्मे भएको छ। लाखौं खर्च गरेर जडान गरिएका समरसियल व्यवस्थापन अभावमा वेवारिसे बन्दै गएका छन्।

स्थानीयले व्यवस्थापनका लागि नगरपालिका र सम्बन्धित निकायलाई तत्काल ध्यान दिन माग गरेका छन्।