सर्लाही आँखा केन्द्र मलंगवामा विगत १० वर्षदेखि आप्टिकल इन्चार्जका रूपमा कार्यरत अति मिलनसार सत्य नारायण रायको लहान सरुवा भएपछि उहाँको विदाई समारोह सम्पन्न भएको छ।

बिहीबार आयोजित कार्यक्रममा आँखा केन्द्रका प्रतिनिधि सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिंदै वडा अध्यक्ष मुकेश कुमार जयसवालले रायको दीर्घ सेवाप्रति आभार व्यक्त गर्दै लहानमा हुने आगामी कार्ययात्रामा सफलताको शुभकामना व्यक्त गरेका थिए।