मलंगवा नगरपालिका वडा नं–८ कार्यालयको पहलमा हालसम्म ६ स्थानमा समरसियल बोरिङ जडान गरी पानी आपूर्ति सुरु गरिएको छ । साधन स्रोत सीमित भए पनि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै वडा कार्यालयले उपभोक्ताहरूको घरसम्म पाईपमार्फत पानी पुर्‍याउने व्यवस्था मिलाएको वडा अध्यक्ष मुकेश कुमार जयसवालले जानकारी दिनुभयो।

यस व्यवस्था आएपछि केही राहत भए पनि अझै आवश्यकतालाई पूरा गर्न थप पहल जारी रहेको वडा कार्यालयले जनाएको छ।

यस कार्यमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवा नगरपालिका, सचिन गुप्ता (मनकामना हार्डवेयर), पूर्व मन्त्री नागेन्द्र कुमार राय, संजय हार्डवेयर तथा सुभाष गुप्ताप्रति वडा कार्यालयले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

योजना अनुसार उपभोक्ताले बिहान ६ बजेदेखि ८ बजे, दिउँसो १२ बजेदेखि २ बजे र बेलुकी ६ बजेदेखि ८ बजेसम्म बोरिङको पानी प्रयोग गर्न सक्नेछन्।