‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)’ मा सर्लाहीका २० पालिकामध्ये लालबन्दी नगरपालिका पहिलो बन्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको लिजाको नतिजामा ७८.५० अंक प्राप्त गर्दै लालबन्दी नगरपालिका पहिलो बनेको हो । स्थानीय तहलाई सेवाग्राहीमैत्री, जनउत्तरदायी, वित्तीय पारदर्शिता तथा सामाजिक सुशासनमा अब्बल राख्दै समावेशी र परिष्कृत बनाउने उद्देश्यले सरकारले स्वमूल्यांकन गर्ने प्रावधान अघि सारेको छ । सोही प्रावधान अनुसार मुलुकभरमा सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा लालबन्दी नगरपालिका बढी अंक ल्याएर पहिलो बनेको हो ।

बरहथवा नगरपालिका ७४ अंक प्राप्त गरी दोस्रो र ६३ प्रतिसत अंक प्राप्त गरी विष्णु गाउँपालिका तेस्रो भएका छन् । यस्तै ब्रह्मपुरी गाउँपालिका ६१.२५ अंक र ईश्वरपुर नगरपालिका ६०.५० अंक प्राप्त गरी चौंथो तथा पाँचौं भएका छन् ।

यसैगरी स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा हरिवन नगरपालिकाले ५७.७५, हरिपुर नगरपालिकाले ५५.७५, पर्सा गाउँपालिकाले ५५.२५, बलरा नगरपालिकाले ५४.२५ र चन्द्रनगर गाउँपालिकाले ५१.२५ अंक प्राप्त गरेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको ‘लिजा’ को नतिजामा कौडेना गाउँपालिकाले ५०.७५, बागमती नगरपालिकाले ५०.५०, हरिपुर्वा नगरपालिकाले ४८.२५, रामनगर गाउँपालिकाले ४५.५०, कविलासी नगरपालिकाले ४५.२५, चक्रघट्टा गाउँपालिकाले ४४.५०, मलंगवा नगरपालिकाले ४२, बसबरिया गाउँपालिकाले ४०, धनकौल गाउँपालिकाले ३८.५० र गोडैता नगरपालिकाले ३५.७५ प्रतिसत नजिता प्राप्त गरेका छन् ।

‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७’ बनाएर सरकारले बर्सेनि स्थानीय तह, प्रदेश हुँदै संघीय मन्त्रालयमार्फत मूल्यांकन गर्दै आएको छ ।

स्थानीय तहमा अत्यधिक स्वेच्छाचारिता बढ्नुका साथै वित्तीय अनुशासनहीनता मौलाएर भ्रष्टीकरणले चरमसीमा नाघ्न थालेपछि पाँच वर्षयता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकनको अवधारणा अघि सार्दै कार्यान्वयनमा ल्याएको हो ।