कबिलासी नगरपालिका–८ स्थित कबिलासी थाना चौकमा सुरु भएको १३औँ श्री गणेश मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन मेयर प्रत्यासी अधिवक्ता दिगेश्वर नायकले गरेका छन्।

गणेश पूजाको अवसरमा बुधबार बिहान कलश शोभा यात्रासहित सुरु गरिएको उक्त मेला चार दिनसम्म चल्नेछ। उद्घाटन कार्यक्रममा कबिलासी नगरपालिकाका वडा अध्यक्षहरु, स्थानीयवासीसहित उल्लेख्य उपस्थिति रहेको थियो।

मेलामा विभिन्न खेल, तामाशा र सांस्कृतिक कार्यक्रमको विशेष व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्। यससँगै सदरमुकाम मलंगवा लगायत जिल्लाका प्रमुख बजारहरुमा पनि गणेश पूजाको धुमधामका साथ आयोजना भइरहेको छ।