बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी राजनीतिक संवाद गर्नुभएको छ ।

नगरप्रमुख कुशवाहाले संघीय लोकतान्त्रिक गणतन्त्रको बीजारोपण र ऐतिहासिक आन्दोलनको नेतृत्व गर्नुभएको प्रचण्डसँगको भेटले नयाँ ऊर्जा र राजनीतिक चेतना प्राप्त भएको बताउनुभयो ।

सो अवसरमा बलरा निवासी युवा नेता अनिल कुमार सिंह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकोमा नगरप्रमुख कुशवाहाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।