सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–६ सुखैनिया टोलमा आइतबार एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही टोल निवासी छोटेलाल पासवानकी करिब ५ वर्षीया छोरी आरुही पासवान रहेकी छन्। परिवारका सदस्यले खोजी गर्ने क्रममा आरुहीलाई पोखरीभित्र डुबेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्।

अचानक भएको यस दुःखद घटनापछि टोल शोकमग्न बनेको छ।