जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलिस्टर सिंहले जानकारी दिनुभएको छ कि सर्लाहीको ईश्वरपुर नगरपालिका–४, पूर्व–पश्चिम राजमार्ग नजिक प्रहरीले ५५ के.जी. २२०  ग्राम गाँजा सहित ३२ वर्षीय संजिव भुजेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रबिन्द्र कार्की र इ.प्र.का. केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा बसिरहेको भुजेलको चेकजाँच गर्दा गाँजा बरामद भएको हो।

पक्राउ परेका भुजेललाई इ.प्र.का. केशरगंज ल्याई आवश्यक कारबाहीका लागि पेश गरिएको थियो। सर्लाही जिल्ला अदालतले उनलाई ७ दिनको थुनामा राखी थप अनुसन्धानको आदेश दिएको छ। प्रहरीका अनुसार थप अनुसन्धान जारी रहेको छ।