नेपाल निजामती कर्मचारी यूनियनको स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल मलंगवामा बिरामीलाई फलफूल वितरण गरिएको छ।

यूनियन जिल्ला अध्यक्ष युगलकिशोर साहका अनुसार समाजसेवामार्फत दिवस मनाउने उद्देश्यसहित ४० जना बिरामीलाई फलफूल वितरण गरिएको हो। कार्यक्रममा अस्पताल प्रमुख मेसु संजिब कुमार सिंह र व्यवस्थापन समिती अध्यक्ष सतिश कुमार साहले यस्तो कार्यले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउने बताएका छन्।