देशभर जारी विरोध प्रदर्शनको क्रममा सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रहरी घटनास्थलमा पुगेको भए पनि तत्काल नियन्त्रणमा लिने प्रयास जारी छ। मेयर कटुवालले सुरक्षित रहेको जनाइएको छ। स्थानीय प्रशासनले शान्ति कायम राख्न कडा सुरक्षा परिचालन गरेको छ।