सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा बुधबार बिहान कैदीबन्दीले गरेको प्रदर्शनका कारण उत्पन्न तनावपूर्ण अवस्था अन्ततः नियन्त्रणमा आएको छ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार बिहानै कैदीबन्दीहरूले प्रदर्शन गर्दै कारागारको माथिल्लो तलामा आगोसमेत लगाएका थिए। उनीहरूले भाग्ने प्रयास स्वरूप तोडफोड र अशान्ति सिर्जना गरेका थिए।

तर, तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सक्रियताले स्थिति नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

मलंगवा कारागारमा हाल ‘विवादित तपस्वी’ रामबहादुर बम्जनसहित ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्।