जिल्लामा जारी आन्दोलनका कारण बन्द भएका बजार, पसल र कार्यालयहरू आइतवारदेखि क्रमशः सञ्चालनमा आउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार बसेको कर्मचारी तथा सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल बैठकपछि यस्तो निर्णय भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले मेरो सान टिभीसँग कुरा गर्दै आइतवारदेखि सरकारी कार्यालय, बजार लगायतका सेवाहरू क्रमशः सञ्चालनमा आउने जानकारी दिनुभयो।

उहाँले थप्नुभयो, “हाल नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरूसँग बैठक बस्ने तयारी भइरहेको छ।” मंगलबार र बुधबार जिल्लाका करिब आधा दर्जन नगरपालिका र गाउँपालिकामा आन्दोलनका कारण तोडफोड तथा आगजनी भएको क्षतिको समेत समीक्षा गर्ने जानकारी पनि पोखरेलले दिनुभयो।