जेन जी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमका कारण अवरुद्ध भएका सरकारी कार्यालयका सेवाहरू फेरि सञ्चालनमा आउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबारदेखि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण र राष्ट्रिय परिचय पत्र सम्बन्धी कार्य नियमित रूपमा सुरु हुने जनाएको छ।

त्यसैगरी, अर्को सूचनामार्फत जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयलाई कर्मचारी उपस्थिति सुनिश्चित गर्न निर्देशन दिइएको छ। कर्मचारी उपस्थित भई अत्यावश्यक सेवा सुचारु गर्ने व्यवस्था मिलाउन भनिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले सेवाग्राहीलाई ढुक्क भएर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।