मिति २०८२ साल भाद्र २३ र २४ गते ‘Generation Z’ का युवाहरूले गरेको र्याली, जुलुस तथा विरोध प्रदर्शनको क्रममा यस सर्लाही जिल्लाभित्र रहेका विभिन्न सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाबाट कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य सामग्री, सवारी साधन, हातहतियार लगायतका जिन्सी तथा नगद सामग्रीहरू हराएको/लुटपाट तथा चोरी भएको पाइएको छ।

यस सम्बन्धमा ती सामग्रीहरू यथासिघ्र जिल्ला प्रहरी कार्यालय सर्लाही वा नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ।

साथै, उक्त लुटपाट तथा चोरीसम्बन्धी फोटो, भिडियो वा सामाजिक सञ्जालका लिंकहरू कोही कसैसँग भएमा यस कार्यालयको इमेल [email protected] मा पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

फोटो, भिडियो तथा सामाजिक सञ्जालका लिंक पठाउने व्यक्तिको नाम, थर र ठेगाना गोप्य राखिनेछ।

जिल्ला प्रहरी कार्यालय, सर्लाही