नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीका केन्द्रीय सदस्य राजेश कुमार सिंहको अध्यक्षतामा २०८२ साल असोज ३ गते बसेको बैठकले संगठन सुदृढीकरणका उद्देश्यले महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले सर्लाही जिल्ला समन्वय समितिको संयोजकमा ब्रमदेव पासवानलाई सर्वसम्मतिले चयन गरेको छ। पासवानको नेतृत्वमा जिल्लामा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास गरिएको पार्टीले जनाएको छ।

बैठकमा स्थानीय तहमा पार्टीको संरचना विस्तार, संगठनात्मक गतिविधि सक्रिय बनाउन कार्ययोजना निर्माण र सदस्यहरूलाई जिम्मेवारीसहित परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो।

यसै अवसरमा संविधान दिवस–२०८२ विशेष कार्यक्रम पनि उत्साहपूर्वक सम्पन्न गरिएको र कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी गराइएको छ।