सर्लाही – दशैं तिहार नजिकिँदै गर्दा सर्लाही जिल्लामा थप तीन पालिकाले आफ्नो खाता सञ्चालनमा ल्याएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पुष्पप्रसाद गुरागाईंका अनुसार ईश्वरपुर नगरपालिका, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको खाता सञ्चालनमा आएको हो। यससँगै जिल्लामा खाता सञ्चालन गर्ने पालिकाको संख्या १३ पुगेको छ भने अझै ७ पालिका बाँकी रहेका छन्। मलंगवा, हरिपुर्वा, बरहथवा, कविलासी, ईश्वरपुर, र हरिवन नगरपालिका तथा विष्णु, बसबरिया, पर्सा र चक्रघट्टा गाउँपालिकाको खाता खुल्नै बाँकी रहेको प्रमुख कोष नियन्त्रक   गुरागाईंले बताउनुभयो । खाता सञ्चालनमा ढिलाइ हुँदा ती पालिकाका कर्मचारी तथा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई चाडपर्वको बेला तलब–भत्ता पाउन समस्या हुने देखिएको छ।