सर्लाहीको पर्सा गाउँपालिका–१, स्थित हर्दी खोला किनारमा सोमबार एक महिलाको शव फेला परेको छ ।

बाढी घटेको समयमा सोमबार बिहान खोला किनारमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जनाए । डिएसपी राईले  बताए अनुसार अन्दाजी ३०/३५ वर्षीया महिलाको सनाखत खुलाउन पहल भइरहेको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । महिलाको खोलाले बगाएर मृत्यु भएको आशंका गरिए पनि पुष्टी हुन बाँकी रहेको प्रहरीले बतायो ।