सर्लाहीको मलंगवा नगरपालिका–५, भाडसरमा लखनदेही खोलामा नुहाउने क्रममा १८ वर्षका युवक ओम ठाकुर डुबेर ज्यान गुमाएका छन्।

सोमबार बिहान करिब साढे ११ बजे चार जना केटाहरु नुहाउन गएका थिए। घटनास्थलमा तीन जना सकुशल बाहिर निस्किए, तर ओम ठाकुर खोलाले बगाएर बेपत्ता भएका थिए।

सूचना पाएपछि प्र.चौ. भाडसरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। करिब १ बजे उनी पानीमा तैरिरहेको अवस्थामा फेला परे र तत्काल प्रादेशिक अस्पताल मलंगवामा लगिँदा चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

स्थानीय प्रशासन र नागरिक समाजले हाल खोलाहरूमा पानीको स्तर अझै उच्च र जोखिमपूर्ण भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।