लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष माननीय महन्थ ठाकुरज्यूको नेतृत्वमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रम आज सोमबार सर्लाहीमा सम्पन्न भएको छ।

कार्यक्रम सर्लाहीको मलंगवा स्थित नारायण धर्मशाला, सहिद चौकमा सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीका शीर्ष नेतृत्त्वको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम जिल्ला अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामासम्पन्न भएको हो। कार्यक्रममा पार्टीका प्रवक्ता, महासचिव, प्रदेश तथा स्थानीय तहका प्रमुख, पूर्व प्रमुख तथा भातृ संगठनका प्रमुखहरू सहभागी थिए।

लोकतान्त्रिक पत्रकार संघ केन्द्रीय संयोजक कामेन्द्र बर्माले कार्यक्रमका बारेमा जानकारी दिएका हुन्।

मधेश प्रदेशका विभिन्न जिल्लामा जारी पार्टी अध्यक्ष ठाकुरको  कार्यकर्ता भेटघाट कार्यक्रमअन्तर्गत सर्लाहीमा आजको कार्यक्रम सम्पन्न गरिएको हो।