छठ पर्वको शुभ उपलक्ष्यमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) गोडैता नगर समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम शनिवार (आज )गोडैता नगरपालिका सर्लाहीमा सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य अतिथि लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष प्रदीप यादव रहनु भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा पार्टीका महासचिव तथा गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादव, महासचिव  मनीष मिश्र, केन्द्रीय सदस्य मनोज सिंह, र लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्मा हुनुहुन्थ्यो।

त्यसैगरी, पत्रकार संघ सर्लाहीका जिल्ला संयोजक राजिव साह, पार्टीका जिल्ला समिति, नगर समिति तथा पार्टीका साधारण सदस्यहरू लगायतको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता लोसपा नेपाल गोडैता नगर समितिका अध्यक्ष मुकेश ठाकुरले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जेनजी आन्दोलनको राजनीतिक प्रभाव, स्थानीय विकास र निर्वाचनमा यसको प्रभाव सम्बन्धी विषयमा आफ्ना विचारहरू व्यक्त गरेका थिए।