युवा समाजसेवी तथा जय माता दी युवा क्लब, छोटौल–७ धनकौलका अध्यक्ष सञ्जीव कुमार यादवले समाजसेवाको अभियान अन्तर्गत १०० जना दलित महिलालाई सारी वितरण गरेका छन्।

सामाजिक सद्भाव र सहयोगको भावना प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युवाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले समुदायमा आपसी एकता र सहयोगको सन्देश दिएको सहभागीहरूले बताएका छन्।